News in Nepali

गजल

Lumbinikhabar Online

कुर्मराज आचार्य,

मिलन बिछोड हुने भनेकै जीवनमा हो
कोहि आउने त कसैको परागमनमा हो

कस्ले भन्यो खुसी महल मै फूल्छ भनेर
खुसी फूल्ने त झुपडीको आगनमा हो

तिमीले आँखामा राखिछौ उज्यालो हुँदा
मैले तिमिलाई राखेको यो धड्कनमा हो

धर्तीमा पाइने उसका मात्र किरणहरु हुन
चन्द्रमा भेटिने भनेकै आखिर गगनमा हो

सङ्कल्पले सबै कुरा राम्रो हुन्छ कसरी भनु
महाभारत चर्किएकै भिष्मको दृढ बचनमा हो

Tags

छुटाउनु भयो कि ?