News in Nepali

चलचित्र ‘सर्वजित’ बनाउनमा मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने

Lumbinikhabar Online

दलित महिला केन्द्रले निर्माण गर्न लागेको चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री प्रेम आलेले आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने भएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दिनेश डीसीले निर्देशन गर्न लागेको उक्त चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन् ।

चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?