News in Nepali

जम्मु कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा एक कमाण्डरको मृत्यु

Lumbinikhabar Online

जम्मु कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा हिजबुल मुजाहिद्दीनका एक कमाण्डर मारिएका छन् । यस भिडन्तमा तीन सैनिक र एक नागरिक पनि घाइते भएका छन्। भिडन्तमा मारिएका कमाण्डर निसार खाँडे रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हतियार समेत बरामद गरेको दाबी गरेको छ ।

अर्को घटनामा, शुक्रवार राति शोपियानको एल्गार क्षेत्रमा ग्रेनेड विस्फोटमा दुई गैर-कश्मीरी कामदार घाइते भएका छन्। दुवै कामदारलाई सामान्य चोट लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गैर-कश्मीरी मजदुरमाथि यो दोस्रो आक्रमण हो। बिहीबार राति बडगाममा दुई गैर-कश्मीरी कामदारमाथि गोली प्रहार गरिएको थियो। उक्त गोलीबारीमा बिहारका एक मजदुरको मृत्यु भएको थियो।

एजेन्सी

Tags

छुटाउनु भयो कि ?