News in Nepali

क्षमा याचना गर्दै मिरुनाले भनिन् : ` चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस्´

Lumbinikhabar Online

अभद्र व्यवहारको विषयमा अभिनेत्री मिरुना मगरले यो घटनाका कारण दुःखित भएकाहरुप्रति क्षमायाचना गरेकी छिन् ।

उनले बिहिबार बिहान सामाजिक सञ्जालमा जेठ १५ गते सिभिल मलमा भएको ‘दुर्व्यवहार’को घटनालाई प्रष्ट पार्दै घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी हुन् ।

गलत दुर्व्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल पनि गरेकी छन् । ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन’ उनले भनेकी छन्

‘तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’

Tags

छुटाउनु भयो कि ?