News in Nepali

अर्थमन्त्रीलाई एमाले नेता भट्टराईले सोधे : के साँच्चै कमिसन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नु भएको हो त ?’

Lumbinikhabar Online

नेकपा एमालेका सचिव योगेश भट्टराईले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो भनी अर्थमन्त्री जनार्दश शर्मालाई सोधेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्ष बजेटका विषयमा अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरुले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा कम बजेट दिने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकिरे गर्दै भने , ‘आज उहाँले शिक्षामा कुनै उल्लेख्य बजेट राख्नुभएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिसन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नु भएको हो त ?’ भट्टराईले सोधे ।

Tags

छुटाउनु भयो कि ?