News in Nepali

मोडल सरस्वती दासले गरिन आत्महत्या

Lumbinikhabar Online

बंगाली मोडल सरस्वती दासले आत्महत्या गरेकी छन् । हिजो आइतबार उनलाई उनकी हजुरआमाले आइतबार कोठामा झुन्डिएको अवस्थामा भेटाएकी हुन् ।

हजुरआमाले सहयोगीका मद्दतले उनलाई तुरुन्तै सीइनएमसी अस्पताल पुर्याएकी थिइन् । अस्पताल पुर्याउनु पहिले नै १८ वर्षीय उनको निधन भएको बताइन्छ ।

पुलिस अधिकारीले यो घटनाको अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको छ । सरस्वतीका आफन्तले पुलिस अधिकारीलाई उनी कोठाको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएका थिए ।

 

Tags

छुटाउनु भयो कि ?