News in Nepali

चालु आर्थिक वर्षमा मुलुकको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर

Lumbinikhabar Online

चालु आर्थिक वर्षमा मुलुकको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रदेशगत रुपमा वाग्मतीको प्रतिव्यक्ति आय सबैभन्दा धेरै २४३० डलर छ ।

गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १४३७ डलर छ । मधेश प्रदेशको प्रतिव्यक्ति आय भने सबैभन्दा कम ८६८ डलर मात्रै छ । त्यस्तै प्रदेश नम्बर १ को प्रतिव्यक्ति आय १२६८, लुम्बिनीको ११०३, सुदूरपश्चिमको १०३१ र कर्णाली प्रदेशको प्रदेशको प्रतिव्यक्ति आय ९६४ डलर रहेको छ । यस आर्थिक वर्ष वाग्मती प्रदेशको आर्थिक वृद्धि पनि सबैभन्दा उच्च रहने अनुमान छ । यस प्रदेशको आर्थिक वृद्धि (उपभोक्ता मूल्यमा) ६.७४प्रतिशत रहने अनुमान छ ।

त्यस्तै गण्डकीको ६.१७, प्रदेश १ को ५.४१, मधेशको ४.८२, लुम्बिनीको ५.३६, कर्णालीको ५.४७ र सुदूरपश्चिमको ४.९३ रहने अनुमान छ ।

Tags

छुटाउनु भयो कि ?