News in Nepali

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको अनुमान

Lumbinikhabar Online

आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको  हुनसक्ने अनुमान लगाइएको छ । चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान हराएको थियो ।

यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्।

पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएको थियो। विमान आइतबार बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो।

विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। उनीसँगै सह-पाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका छन्।

 

Tags

छुटाउनु भयो कि ?