News in Nepali

पोखराबाट उडेको तारा एयरको जहाज मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका

Lumbinikhabar Online

पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा नआएपछि मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।

Tags

छुटाउनु भयो कि ?