कार्यक्रम

‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’अब नेपालमा

Lumbinikhabar Online

काठमाडौं – ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो ।

समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा-नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ ।

तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ शसक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपाली भाषीहरूमा भएको प्रतिभालाई उजागर गर्दै आम श्रोता/दर्शकमाझ ल्याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको संस्थाका सचिव गोपाल धितालले बताउनुभयो ।

यसको अडिसन अमेरिकामा र क्यानडामा सकिएर नकआउट भइरहको तथा नेपाल बाहिर रहेका नेपाली भाषीहरूले अनलाईनमार्फत अडिसन दिनसक्ने उहाँले जानकारी गराउनुभयो । भोटिङको चरणमा प्रवेश गरेपछि प्रतियोगितलाई नेपाल ल्याइने यसको फिनाले भने अमेरिकामा हुने जानकारी गराइएको छ ।

‘मेरो डान्स कप युएसए’को निर्णयक मण्डलमा विशिष्ट कलाकार मिथिला शर्मा, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नर्मन राई हुनुहुन्छ भने ‘मेरो भ्याइस कप युएसए’मा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अजुर्न रसाइली रहनुभएको छ ।

यो प्रतियोगिताको विजेताले पहिलोले र्‍यापफो कार, दोस्रोले गोल्डेनकप र तेस्रोले सिल्भरकप प्राप्त गर्नेछन् भने नगदराशि र गिफ्ट ह्याम्पर समेत प्रदान गरिने जनाइएको छ ।

पत्रकार भेटघाटमा संदीप क्षेत्री, शिव परियार, दिलिप रायमाझी, सुरेश अधिकारी, दपक जंगमलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । यस प्रतियोगिताको निर्देशकमा एलिन श्रेष्ठ हुनुहुन्छ । कार्यक्रम सञ्चालकमा नृत्यमा संदीप क्षेत्री र रिमा विश्वकर्मा हुनुहुन्छ भने भ्वाइसमा सुदिप सिग्देल र सुनिता गुरुङ हुनुहुन्छ ।

नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनका साथै गीत संगीत तथा नृत्यका प्रतिभाहरूलाई सम्मान गर्ने, प्रर्वद्धन गर्ने नै यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताइएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को सकसपूर्ण अवस्था होस् या बाढी पहिरो वा अन्य मानवसेवाका कार्यहरूमा निरन्तर सहयोग गर्दै आएको यो संस्थाको अध्यक्षमा डिल्ली अधिकारी हुनुहुन्छ । यो संस्थाको भिजन तथा सम्पूर्ण कन्सेप्ट अध्यक्ष डिल्ली अधिकारीको हो । संस्थाको नेपाल च्याप्टरको कार्यकारी अध्यक्षमा संजित भण्डारी रहनुभएको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गर्नुभएको पत्रकार भेटघाटमा सञ्चारकर्मी तथा विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

फोटो : सुरेन्द्र थापा

Tags

छुटाउनु भयो कि ?