टप खबर

यसु थापाको ‘पैसाले घुमाउँछ फनफनी’सार्वजनिक (भिडियो)

Lumbinikhabar Online

काठमाडौं । गीतकार यसु थापाद्वारा रचित ‘पैसाले घुमाउँछ फनफनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेल्जियमलाई कर्मथलो बनाई समाजसेवा तथा गीत संगीतमा सक्रिय गीतकार थापाका यस अघिका थुप्रै गीतहरु चर्चामा छन ।

गीतकारको रुपमा थुप्रै अवार्ड समेत जित्न सफल थापाको रचनामा तयार भएको उक्त गीतलाई गायक दिनेश गौतमले स्वर दिएका छन भने संगीत पुस्तक प्रसादको रहेको छ । संगीत संयोजन एसके वच्छाको रहेको गीतलाई मिक्सिङ्ग तथा मास्टरिङ्ग अशोक महर्जन र रेकर्डिस्ट कुमार केसीको रहेको छ ।

ललित अग्रवालको निर्माण रहेको भिडियोमा संचारकर्मी तथा मोडल शिशिर भण्डारी तथा सुजना श्रेष्ठ फिचर्ड रहेका छन भने अन्य कलाकारमा विदुर तिमल्सिना तथा रामचन्द्र गौतमको समेत अभिनय रहेको छ ।

यसै गरि,भिडियोलाई रामजी लामीछानेले निर्देशन गरेका हुन भने मनकृष्ण महर्जनले छायांकन र सम्पादन वंदे प्रसादको रहेको छ ।

चोकस नेपालको युटुयूब च्यानलबाट सार्वजनिक भिडियोलाई निर्मला खत्री र दिपक सिकेले सहकोरियोग्राफी गरेका छन ।

Tags

छुटाउनु भयो कि ?