News in Nepali

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा चितवनमा एक युवकको छुरा प्रहार गरि हत्या

Lumbinikhabar Online

चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ । जिल्लाको भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारको हत्या गरिएको हो ।

भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?