News in Nepali

झापामा मोटरसाइकल दाइजो नदिँदा दुलही अस्वीकार गर्ने एक युवक पक्राउ

Lumbinikhabar Online

झापामा मोटरसाइकल दाइजो नदिँदा दुलही नस्वीकार्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुलाहा झापा गाउँपालिका टाघनडुब्बाका डेबिड गनगाई रहेको झापा प्रहरीले जनाएको छ ।

जिल्लाको मेचीनगर नगरापालिका – १७ ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइजो मागेका थिए । जबकी दुलहीको परिवारले विवाहका क्रममा गनगाईलाई ४ लाख बराबरको सामग्री दिएका थिए ।

दुलहीका परिवारका अनुसार गनगाई छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेपछि केटा पक्ष पनि मन्जुर भएको तर शुक्रबार बेहुली लानेक्रममा मोटरसाइकलबिना नहुने जिद्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।

दुलही चौधरी समुदायकी हुन् । दुलाही पक्षले विवाहमा दुलाहलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिएको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?