News in Nepali

आफ्नै हजुर आमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ

Lumbinikhabar Online

उदयपुरमा आफ्नै हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छिन् । जिल्लाको त्रियुगा नगरपालिका– १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेकी हुन् ।

आफ्नै घरमा गत चैत २३ गते मृतक सुखनीदेवीको शव शंकास्पद अवस्थामा भेटिएको थियो । प्रहरीले अनुसन्धान गरेर नातिनी ममतालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जाँदा विवाद उत्पन्न भएपछि छातीमा लात्तीले हानी भुइँमा लडाएर घाँटीमा थिची हत्या गरेको बताइएको छ ।

मृतकलाई खाटमा सुताएर भागेको भन्ने सूचनाबाट अनुसन्धान गरी गएको वैशाख १८ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।

Tags

छुटाउनु भयो कि ?