News in Nepali

नेप्से आज ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५.६८ विन्दुमा

Lumbinikhabar Online

शेयर बजार परिसूचक (नेप्से )आज बुधवार ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र हाेटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता शेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

 

Tags

छुटाउनु भयो कि ?