News in Nepali

काभ्रेमा बस र जीप एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु ,१८ जना घाइते

Lumbinikhabar Online

काभ्रेमा बस र जीप एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

काठमाण्डौबाट जनकपुर जादै गरेको भायूपी ५८ टी ८१८१ भारतीय नम्बर प्लेटको बस र सिन्धुलीबाट काठमाण्डौ आउदै गरेको ना १ ज ४२१० नम्बरकाे जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा पाँच जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुको परिचय खुलेको छैन उनिहरु पाँचै जना जीपमा सवार यात्रु रहेको बताइएको छ ।

घाइते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?