News in Nepali

म्यादी हुँ भन्दै सामाजिक संजालमा भाइरल भएका रेग्मी पक्राउ

Lumbinikhabar Online

म्यादी हुँ भन्दै म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाइ सामाजिक संजालमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले मंगलबार नै पक्राउ गरेको हो ।

उनले म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर सामाजिक संजालमा सार्वजनिक गरेका थिए । उनले भिडियोमा भनेका थिए, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।

माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रहरीका अनुसार रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको छ । रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ ।

Tags

छुटाउनु भयो कि ?