News in Nepali

कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Lumbinikhabar Online

कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना गर्नुपर्ने बताए ।

पहिलो लहरम भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको उनले बताए ।

‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’ उनले भने ।

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए । यद्यपि यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?