News in Nepali

हनिमुन मनाउन छोडेर अभिनेत्री केकि अधिकारी अमेरिका उडिन

Lumbinikhabar Online

विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी अमेरिका प्रस्थान गरेकी हुन् ।

टीभी पर्सनालिटी तथा साथी रीमा विश्वकर्मा पनि उनको साथ छन् । रिमा उक्त शोको होस्ट हुन् । नवविवाहितको योजना मधुमास हुने गर्छ, तर केकीको पतिबिनाकै अमेरिका उडानको योजना हनिमुन रहेन ।

केकीलाई पुर्‍याउन उनमा श्रीमान् रोहित एयरपोर्ट पुगेका थिए ।

‘काम मेरो पहिलो प्राथमिकता हो । हनिमुन दोस्रो । विवाहलाई जीवनमा हुने अपरिहार्य घटनाको रुपमा लिन्छु,’ अमेरिका उड्नुअघि केकीले भनिन् ।

झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीको विवाहमा सहभागी हुन रीमा गत साता अमेरिकाबाटै आएकी थिइन् ।

Tags

छुटाउनु भयो कि ?