फिल्म र संगीत

प्रशन्नको निर्देशनमा स्ट्रिक फ्लोको ‘जुनेली रातमा’ (भिडियो)

Lumbinikhabar Online

प्रशन्न रिमाल ‘पुरुषोत्तम’को निर्देशनमा स्ट्रिक फ्लोको र्‍याप गीत ‘जुनेली रातमा’ सार्वजनिक भएको छ । वैदेशिक रोजगार र कुलतलाई मुख्य विषय बनायर ‘जुनेली रातमा’ र्‍याप गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो एमएमएस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा एकेए स्ट्रिक फ्लो (प्रफुल घिमिरे) को शब्द, सङ्गीत, र्‍याप छ । भिक्टरको एरेञ्ज, मिक्स तथा माष्टरिङ रहेको गीतको भिडियोमा डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।

भिडियोमा ईश्वर गुरुङ, दीपसागर केसी, बुद्धि यामीलगायत कलाकारको अभिनय छ । गीतको भिडियोमा बेरोजागर युवाको कथा बुनिएको छ ।

Tags

छुटाउनु भयो कि ?