News in Nepali

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षमा १ अर्ब बढी रुपैयाँ नाफा कमायो

Lumbinikhabar Online

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षमा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.४९ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

समीक्षा अवधिमा २६.७९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको बैंकले यता सञ्चालन नाफा २.६६ प्रतिशतले वृद्धि गर्दै क्रमशः २४ अर्ब २ करोड ३४ लाख रुपैयाँ र १ अर्ब ८९ करोड ४७ लाख ८१ हजार रुपैयाँ कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ५४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ३६ पैसा बढेर २४ रुपैयाँ ६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।

Tags

छुटाउनु भयो कि ?