टप खबर

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

Lumbinikhabar Online

काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ ।

उपन्यास ‘भाइरस लभ’ नयाँ वर्षको दिन वैशाख १ मा तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो । पुस्तकलाई पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, छायाँकार उत्सब दाहाल, सुबिन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनी सम्पादक कुमार केसी फ्रान्सेली नागरिक क्यामिला लगायतले पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गर्नुभएको थियो ।

१९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । संक्षिप्त कार्यक्रममा उतिथिहरूले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए भने स्रष्टा उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए ।

यो उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराउनुभयो । शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ ।

डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

यस्तै उहाँका ३३ गीति एल्बमका सायौं गीत र भिडियो दर्शकमा आएका छन् । डा. उपाध्यायले गीत संगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

Tags

छुटाउनु भयो कि ?