News in Nepali

सुनको मूल्यमा थप ५०० रुपैयाँले वृद्धि

Lumbinikhabar Online

सोमबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । यो संगै आज छापावाला सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले बढ्दै आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?