News in Nepali

नेप्से आइतबार २९ दशमलव ६० अंकले घट्यो

Lumbinikhabar Online

सेयर बजार परिसूचक नेप्से आइतबार २९ दशमलव ६० अंकले घट्दै २३ सय ८५.६४ अंकमा झरेको छ ।

यस्तो अंक अघिल्लो कारोबार दिन अर्थात गत चैत ३० गते ३०.२४ अंकले बढ्दै २४ सय १५.२४ अंकमा अडिएको थियोे । नयाँ वर्षका दिन १ गते सार्वजनिक विदा र २, ३ शुक्रबार र शनिवार परेकाले एकैपटक ४ गते बजार खुलेको हो ।

नेप्सेका अनुसार यसदिन सबैजसो उपसूचक ऋणात्मक हुँदै सेयर बजार नै राताम्मे भएको छ । २९ अंक माथिले घटेको बजार आज फाइनान्स, हाइड्रोपावर र होटल तथा पर्यटन समूहको सेयर मूल्य अधिकतम २ प्रतिशत माथिले घटेका छन् भने अन्य समूहको २ प्रतिशत भन्दा कम अंकले घटेका छन् ।

तर कारोबार भने जम्मा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यस दिन नेष्डो लघुवित्तका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने यता हिमालयन उर्जा विकास कम्पनीका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले नै गुमाएका छन् ।

Tags

छुटाउनु भयो कि ?