News in Nepali

काठमाण्डौँबाट लुक्लाका लागि उडेको जहाज इन्जिन फेल भएपछि फर्कियो 

Lumbinikhabar Online

काठमाण्डौँबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजको एउटा इन्जिन फेल भएपछि काठमाण्डौमा सुरक्षित अवतरण गराइएको छ ।

आज आइतवार बिहान ११ बजेर ५ मिनेटमा चालक दलका सदस्यसहित १८ जना बोकेर उडेको जहाजको लुक्ला पुग्ने बेलामा बायाँ इन्जिनले काम गर्न छाडेको थियो । त्यसपछि पाइलटले दायाँ इन्जिनको भरमा जहाज फर्काएका थिए । लुक्लामा आकस्मिक अवतरणका लागि पूर्वाधार र सामग्री नभएकाले बिहान पौने १२ बजे काठमाण्डौमा अवतरण गराएको जनाइएको छ ।

जहाजमा १५ जना यात्रु र र तीन जना चालक दलका सदस्य रहेकामा १० जना विदेशी यात्रु थिए । अहिले विमानस्थल सामान्य तरिकाले चलिरहेको र अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?