News in Nepali

वीर अस्पताल द्वारा भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु

Lumbinikhabar Online

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलको उपस्थितिमा शुक्रबारबाट यो सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाअघि क्लिनिक सञ्चालन गर्दै आएको स्थानमा नै वीरले प्रयोगशाला र एक्सरे सेवा सुरु गरेको अस्पताल प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार अबको केही महिनाभित्रमै दुवाकोटमा विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी छ ।

पुरानो भवनबाटै क्लिनिक, ल्याब, प्रयोगशाला सञ्चालन गर्न एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

Tags

छुटाउनु भयो कि ?