News in Nepali

राति सुत्ने क्रममा टाउको ठोक्किएर चोट लागे पछि मन्त्री रेग्मीलाई अस्पताल भर्ना

Lumbinikhabar Online

महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन्। राति सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागे पछि उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो ।

टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्री निवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ ।

वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?