News in Nepali

केजीएफ र ए मेरो हजुर ४ एकै साथ रिलिज हुँदै, कस्ले मार्ला बाजि ?

Lumbinikhabar Online

नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि साउथ मोभी ‘केजीएफ २’ र नेपाली मोभी ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएका छन् । दुबै फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।

दुबै फिल्म मध्य ‘केजीएफ २’ ले देशभरको चलचित्र भवनमा उच्च शो समेत पाएको छ । ‘केजीएफ २’ साउथ स्टार यश अभिनित फिल्म हो । प्रशान्त निल निर्देशित फिल्म विश्वव्यापी रुपमा रिलिज भएको हो । फिल्मको नेपालमा पनि व्यग्र प्रतिक्षा थियो । यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका रहेको फिल्म छ ।

यस्तै , ‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशन रहेको फिल्म हो । अनमोल केसी, सुहाना थापा, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारको अभिनय छ । प्रेम कथामा आधारित रहेर निर्माण भएको फिल्म सुनील कुमार थापाले निर्देशन गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?