News in Nepali

काठमाडौंको कालिमाटीमा नयाँ सिनेमा हल सञ्चालन हुँदै

Lumbinikhabar Online

वान सिनेमाज्ले काठमाडौंको कालिमाटीमा नयाँ हल सञ्चालनमा ल्याउने भएको छ । उक्त हल नयाँ वर्षको अबसर पारेर भोलि देखी सञ्चालनमा आउने भएको छ ।

३०० सिट क्षमताका दुई अडिटोरियमलाई सञ्चालनमा ल्याउन लागिएको वान सिनेमाजका प्रमुख प्रज्ज्वल राणाले दिए । कालिमाटी ट्रेड सेन्टरको चौथो तल्लामा रहेको हल ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ सँगै हुनेछ ।

हलमा थ्रीडी र डल्बी अटमस ध्वनि प्रविधि जडान गरिएको छ । वान सिनेमाज्को यो दोस्रो फ्रेन्चाइज हो । प्राइभेट स्क्रिनिङ गर्न मिल्ने सुविधासहित प्रिमियम अडिटोरियम सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?