News in Nepali

अभिनेता सलोन बस्नेतले ल्याया रेस्टुरेन्ट सञ्चालनमा

Lumbinikhabar Online

अभिनेता सलोन बस्नेतले व्यवसाय थालेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबारदेखि सलोनले रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् ।

सलोनले ललितपुरको झम्सिखेलमा आसन लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् । साथीहरुसँग मिलेर खोलेको सलोनको यो रेस्टुरेन्टमा भारतीय, चिनियाँ परिकारसहित लाइभ म्युजिकको आनन्द लिन पाइनेछ ।

‘पहिलेदेखि नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारीमा थियौं, तर भनेजस्तो ठाउँ पाएका थिएनौं,’ सलोनले भने, ‘सबै चीज जुरेपछि चलाएका हौं ।’

Tags

छुटाउनु भयो कि ?