News in Nepali

मिठाँइ पसलले स्वास्थ्य मापदण्ड नअपनाएको भन्दै ग्राहकको गुनासो

Lumbinikhabar Online

काठमाडौँको एक मिठाइ पसलले स्वास्थ्य मापदण्ड नअपनाएको भन्दै ग्राहकहरुले गुनासो गरेका छन् । कमल पोखरी स्थित आगन मिठाई पसलमा सोमबार साझ मिठाइँ किन्न गएका ग्रहकहरुलाई अव्यवस्थित र लापरबाही पुर्ण ढंगको व्यबहार गरेपछि उनिहरुले गुनासो पोखेका हुन् ।

पहिलेका दिनहरुमा एस्ता कार्य गर्दै आएको र आज पनि सोही कार्य दोहोरिए पछि आफू बोल्न बाध्य एक जना ग्राहकले बताए । उनका अनुसार उक्त पसलले सधैंजसो लापरबाहीपुर्ण व्यवहार गर्ने गरेको छ । जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै उपभोक्ताको हकलाई समेत कुण्ठित गर्ने देखिन्छ ।

नेपालको संविधानको भाग तीन अन्तर्गत धारा ४४ ले स्पष्ट रुपमा उपभोक्ताको हक तोकिदिएको छ । जसको उप पधारा एकमा भनिएको छ ` प्रतेक उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ ।´ यसो त उत्पादित वस्तुमा स्वास्थ मापदण्ड नअपनाउदा गुणस्तर घट्न गइ स्वास्थ्यमा असर गर्ने सम्भावना रहन्छ । यसरी एउटा पसलको लापरबाहीका कारण थुप्रै ग्रहको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै आफू बोल्न बाध्य भएको एक जना ग्राहले बताए ।

Tags

छुटाउनु भयो कि ?