News in Nepali

ललितपुर महानगरपालिका मुलुकै अब्बल स्थानीय तह भएको मेयर महर्जनको दाबी

Lumbinikhabar Online

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आफ्नो पाँच वर्षीय कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल स्थानीय तहको रुपमा चिनाउन सफल भएको दाबी गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा बत्ती जडानदेखि खेलाडीलाई गरेका सम्मानसम्मको फेहरिस्त प्रस्तुत गरे । उनले महानगर भित्र वडास्तरीय तथा नगरस्तरीय गरी सात हजार पाँच सय विकास आयोजना सम्पन्न गरेको बताए ।

पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण भएको भन्दै मेयर महर्जनले सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जिकिर गरे । महानगरका चार वटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान गरेको भन्दै मेयर महर्जनले निर्माण सम्पन्न पूर्वाधार अपाङ्ग मैत्री रहेको दाबी गरे ।

उनले चक्रपथका ५ ठाउँमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको उनले दाबी गरे ।

Tags

छुटाउनु भयो कि ?