News in Nepali

आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको उर्जामन्त्री भुसालको भनाइ

Lumbinikhabar Online

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताएकि छन् ।

शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले श्रीलंकाको जस्तो अवस्था हुनसक्छ भनेर अतिरञ्जित गरिएको बताइन् ।

उनले भनिन्– ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति कतै संकट हो कि, कतै श्रीलंका हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छ । हिजोपनि हामीले क्याबिनेटमा छलफल गरेको थियौँ । त्यत्तिको त छैन मान्छेले चर्चा गरेजस्तो । राष्ट्रलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउने कुरा, समृद्धिमा लाने भन्ने नारा भन्दा हाम्रो व्यवहार सबैभन्दा मुख्य हुन्छ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट आयातित चिजलाई सकेसम्म प्रयोग नगरेर देशै भित्रको चिजको खोजी गर्ने । उत्पादनमा सहभागी हुने । कृषि उत्पादनमा व्यक्तिगत हिसाबले पनि हामी नमुना बनौँ । त्यसपछि हाम्रा नीति, योजना, कार्यक्रम सबै त्यतातिर केन्द्रीत गर्ने गरेर लागौँ ।’

Tags

छुटाउनु भयो कि ?