News in Nepali

लोसपाका अध्यक्ष ठाकुर अचानक अस्वस्थ , उपचारका लागि अस्पतालमा भर्ना

Lumbinikhabar Online

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ । उनले नियमित चेकअप गराउन गराइ रहेका थिए ।

Tags

छुटाउनु भयो कि ?