News in Nepali

चीनमा एकै दिन २० हजार बढी कोरोना संक्रमित , सांघाईमा लकडाउनको घोषणा

Lumbinikhabar Online

चीनमा कोभिड संक्रमितको संख्या एकै दिन २० हजारभन्दा नाघेको छ । यो महामारीको सुरुवात पछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाईमा लकडाउन घोषणा गरिएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीब्र बढिरहेको छ । बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । अधिकांशमा लक्षण देखिएको छैन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ ।

परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाई क्वारेन्टिन केन्द्र भरिएका छन् । संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् ।

Tags

छुटाउनु भयो कि ?