News in Nepali

गायक राजु लामा र अभिनेत्री दीया पुन सगरमाथा आरोहण गर्दै

Lumbinikhabar Online

गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका हुन् ।

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गर्ने भएका छन् । विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने लामाको तयारी छ ।

उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नेछन् भने अभिनेत्री पुन चाहिं चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले दीयाले हिमाल आरोहण गर्न लागेकी हुन् ।

गायक लामाले क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् । उनी तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् ।

 

Tags

छुटाउनु भयो कि ?