News in Nepali

एमबीबीएसको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ५ जना पक्राउ

Lumbinikhabar Online

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ५ जना परीक्षार्थीलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा किष्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । भारतबाट आएर अर्काको नाममा परीक्षा दिँदै गरेका इस्तियाक अहमद र परीक्षार्थी सन्नीकुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुले परीक्षार्थीको नागरिकता बोकेर प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परिक्षा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

चैत १८ मा सञ्चालित प्रवेश परीक्षा दिँदै गरेका उनीहरु सिसिआरसी कलेज, एम्बीसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ परेका हुन् । अर्काको नाममा परीक्षा दिएबापत उनीहरुले ५० हजार देखि १ लाख ५० हजार अग्रिम पैसा लिएका थिए । रिजल्टका आधारमा थप पैसा लिनेगरी उनीहरु प्रवेश परीक्षामा सहभागी भएका हुन् ।

परीक्षार्थीहरूले एमबीबीएस पढिरहेका र आर्थिक अवस्था कमजोर भएकाहरुलाई प्रलोभनमा पारेर नक्कली परीक्षार्थीको रुपमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?