News in Nepali

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, पहिलेको भन्दा सङ्क्रामक रहेको अनुमान

Lumbinikhabar Online

कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले सार्स–कोभ–२ भाइरसको नयाँ भेरियन्ट फेला पारेको हो ।

पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको र यो पहिलेका भेरियन्टभन्दा पनि निकै सङ्क्रामक रहेको बताइएको छ । नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र त्यसयता ६ सयभन्दा बढीमा यसको सङ्क्रमण पुष्टि भइसकेको डब्लूएचओले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा ओमिक्रोनको बीए–२ भेरियन्टभन्दा यो १० प्रतिशत बढी सङ्क्रामक रहेको पाइएको र यसबारे थप अनुसन्धान गर्न बाँकी रहेको डब्यूएचओको भनाइ छ ।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले हालसम्म सार्स–कोभ–२ भेरियन्टका तीन नयाँ रिकम्बिनेन्ट्स (पुराना भेरियन्टहरु मिलेर बनेको नयाँ भेरिन्यन्ट) पत्ता लगाएका छन् । जसमा एक्सएफ, एक्सई र एक्सडी रहेका छन् । यसमध्ये एक्सडी र एक्सएफ डेल्डा र ओमिक्रोनको बी–१ मिलेर बनेको हो भने एक्सई ओमिक्रोनको बीए–१ र बीए२ मिलेर बनेको हो ।

एउटै व्यक्ति दुई वा सोभन्दा बढी भेरियन्टबाट संक्रमित हुँदा यस्ता रिकम्बिनेन्ट भेरियन्ट पैदा हुन्छ । यसअघिका महामारीमा यस्ता रिकम्बिनेन्ट्सहरु देखिएका थिए । युकेएचएसएका अनुसार एक्सएफ भेरियन्ट हालसम्म मात्र ३८ जनामा देखिएको छ र यो मध्य फेब्रुअरीदेखि कसैमा देखिएको छ । एक्सडी पनि बेलायत फेला परेको छैन भने विश्वभर यसका ४९ केसमात्र फेला परेका छन् । यद्यपि, बेलायतमा एक्सई भेरियन्टका ६३७ केस फेला परिसकेका छन् ।

Tags

छुटाउनु भयो कि ?