News in Nepali

वैशाख १ गतेदेखि औषधि आयातमा रोक लगाउने नेपाल औषधि व्यवसायी संघको निर्णय

Lumbinikhabar Online

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा सरकार बाट कुनै सुनुवाई न नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरिएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।

उनले भने, ‘आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्नपाउनु पर्छ भन्ने हो । सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचबिखन गर्न पाउनुपर्छ ।’

विभागले नविकरण गर्दा अनुसूची ७ जो छ कमिटेड प्राइस पेश गर्न लगाउने र त्यसको समायोजन नगर्ने असहज परिस्थिति सिर्जना गरेका उनको भनाइ छ । यसअघि संघले २७ फागुनमा औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई माग सम्वोधन गर्न ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो ।

नेपालमा बिक्री बितरण हुने करीब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुन्छन् । त्यसमा जीवन रक्षक, आईसीयूमा प्रयोग हुने औषधि छन् ।

Tags

छुटाउनु भयो कि ?