News in Nepali

राष्ट्रिय क्रिकेट टिमका बलर ऐरीको शल्यक्रिया, निको हुन कम्तिमा ६ हप्ता लाग्ने

Lumbinikhabar Online

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा घाइते भएका ऐरिको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ ।

डा.निरज केपी र डा. निराज केसीले उनको उपचार गरेका र उनको अवस्था अहिले सामान्य रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २१ वर्षको ऐरीलाई निको हुन कम्तिमा पनि ६ हप्ता लाग्ने क्यानले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?