मनोरन्जन

विश्वकीर्तिमानी गीतकार डा. उपाध्यायको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘रुप अनेक’ सार्वजनिक भएको छ । एउटै गीतमा १५० भन्दा धेरै ड्रेस परिवर्तन भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको गीतमा देवेन्द्र नेवाःको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । नेपालमा प्रकाशित भएका धेरै भन्दा धेरै उपन्यासको नाम लिएर गीत बनाइएको छ ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उपाध्याय आफैँ र प्रतिमा विष्ट फिचरिङ हुनुहुन्छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् ।

यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ गते शुक्रबार थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ ।

यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?