News in Nepali

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यी स्वदेश फर्किए

Lumbinikhabar Online

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । यी आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् ।

शुक्रबार नेपाल आएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?