News in Nepali

नेप्से आज १४ दशमलव ६७ अङ्कले घट्यो

Lumbinikhabar Online

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अङ्कले घटेको छ । कारोबार बढेर सुरु भए पनि अन्तिम समयमा १४ अङ्कले घटेर बन्द भएको हो । १४ दशमलव ६७ अङ्कले घटेसँगै परिसूचक २६ सय १६ अङ्कमा आइपुगेको छ ।

आज लगानी समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २४ वटा कम्पनीका ४२ लाख ८७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत्, शिवश्री हाइड्रो, प्रभु लाइफ इन्सुरेन्स र एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Tags

छुटाउनु भयो कि ?