News in Nepali

अब अध्यापन अनुपति पत्र को परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने आयोगको निर्णय

Lumbinikhabar Online

शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ ।

पहिलेको परीक्षा बोझिलो भएकाले सरलीकृत गर्नुपर्छ भन्ने उद्देश्य अनुसार आयोगले यो निर्णय गरेको हो । निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ ।

आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

शिक्षक सेवा आयोगले २०६१ सालदेखि टिचिङ लाइसेन्सको परीक्षा लिन थालेको हो । विगतमा प्रावि तहको पनि टिचिङ लाइसेन्स परीक्षाको व्यवस्था थियो ।

निमावि र मावि तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्दा आयोगले प्राविबारे भने निर्णय गरेको छैन ।

 

Tags

छुटाउनु भयो कि ?