News in Nepali

मृत्युपश्चातको मिर्गौला दान गर्न स्वास्थ्य मन्त्री खतिवडाको आग्रह

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको मिर्गौला दान गर्न आग्रह गरेका छन् ।
बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले मिर्गौला दान गर्न सबैलाई आग्रह गरेका हुन् ।

मन्त्री खतिवडाले भने , ‘मिर्गौला पीडितले आफुलाई मिर्गौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

उनले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने बताए ।

Tags

छुटाउनु भयो कि ?