News in Nepali

विद्यार्थीलाई अनावश्यक पाठ्यसामग्रीको बोझ नबोकाउन महानगरपालिकाको निर्देशन

Lumbinikhabar Online

काठमाण्डौ महानगरपालिकाको महानगरपालिकाको शिक्षा विभागले विद्यार्थीलाई अनावश्यक थप पाठ्यसामग्रीको बोझ नबोकाउन सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

आज बुधवार सूचना निकालेर पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको विषय र घण्टाबाहेक अतिरिक्त विषय पढाउन चाहेमा विभागबाट अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ ।

कतिपय संस्थागत विद्यालयले विद्यार्थीलाई अनावश्यक रूपमा थप पाठ्यसामग्री प्रयोग गर्न लगाएको र गह्रौँ झोला बोकाउने गरेको गुनासो आइरहेकोले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा भएको मापदण्डअनुसारको तौल र सीमाभित्रै रहने गरी व्यवस्था मिलाउन र आउँदो शैक्षिक सत्र २०७९ का लागि पाठ्यक्रम विकास केन्द्र सानोठिमीद्वारा स्वीकृत तथा अनुमति प्राप्त पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्रै प्रयोग गर्न महानगरको शिक्षा विभागले अनुरोध गरेको छ ।

Tags

छुटाउनु भयो कि ?