News in Nepali

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट

Lumbinikhabar Online

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार आईपीओ बाँडबाँट गरेको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मङ्गलवार आईपीओको नतिजा सार्वजनिक गरेको हो । आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार एक सय १ जनामध्ये गोलाप्रथाबाट शेयर बाँडफाँट गर्दा ७७ हजार चार सय ५६ जनालाई १० कित्ताको दरले र तीन जनाले थप ११ कित्ताको दरले शेयर परेको छ ।

आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६ सय ४५ जनालाई आईपीओ परेन । यस्तै चार हजार एक सय १६ जनाको आवेदन रद्द भएको छ ।

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आठ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो ।

 

Tags

छुटाउनु भयो कि ?