News in Nepali

नेप्सेमा आइतबार ३.६६ अंकको गिरावट

Lumbinikhabar Online

सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो आइतबार ३.६६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।

   

आज बैंकिङ, होटल, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज शिवम् सिमेन्टको शेयर मूल्य सात प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

Tags

छुटाउनु भयो कि ?