News in Nepali

थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि १ जनाको मृत्‍यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरि ८ हजार ९ सय ३३ जनाको परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ भने ९ लाख ५८ हजार १९३ जना संक्रमणमुक्त भएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?