News in Nepali

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

Lumbinikhabar Online

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरि जम्मा ४ हजार ९ सय २४ जनामा कोरोना परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९४३ पुगेको छ भने ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?